बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बिहीबार, भदौ ६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक-एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए । यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ । समूह बीबाट भारतर भुटानले एक-एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार