परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

बिहीबार, भदौ ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किएकी छिन् ।  मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका थिए । सो क्रममा उनले आफूले भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे प्रकाश पार्दै भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान गरेको बताएकी छन् ।

May be an image of 4 people, dais, newsroom and textमन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छिन् ।  उनले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एश जयशंकर र सम्बद्ध सरकारी पदाधिकारीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छिन् । भारत भ्रमणको क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार