यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

शुक्रबार, भदौ ७, २०८१

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार