मुस्ताङको थासाङमा हिमपहिरो

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ । हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुननसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार