सशस्त्र प्रहरी उपरीक्षकको नक्कली प्रमाण पत्र, विशेष अदालतमा मुद्धा दायर

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी नेपाल ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहूले नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको भन्दै आरोप पत्र दायर गरेको छ । आयोगले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार