नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

आइतबार, भदौ ९, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार