सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी

आइतबार, भदौ ९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ । मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए । उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो । दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो । गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार