कांग्रेस र एमाले घमण्डी र दलालवादी पार्टी  ः नेता खनाल

आइतबार, भदौ ९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् । आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई  सम्बोधन गर्दै उनले कांग्रेस  र एमाले  सबैभन्दा घमण्डी  र  दलालवादी  पार्टी भएको आरोप लगाएका हुन् । उनले  भने,  ‘अहिले  दुई  पार्टीको  सरकार बनेको  छ, । यस्तो  विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन् । अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रयावादी दलाल पूँजीवादकै प्रतिनिधि भैइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी  हो । दलाल पँुजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’ उनले एउटै  पार्टीले  बहुमत  लिएर  आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे । उनले  भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम । केही हुनेवाला पनि छैन । देशमा मल्टिपाटी सिस्टम स्थापना भएपनि पूँजीवादी मल्टिपाटी सिस्टम हो । पूँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ ।’

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार