नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा

आइतबार, भदौ ९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुदै छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार