सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। कास्की आदर्श समाज कतारले यस वर्षको हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कास्की आदर्श समाज कतारका सदस्यका परिवार र कतार कर्मक्षेत्र बनाएर नेपाल फर्किएकाहरुबीच परिचय गराउन र तीजको शुभकामना आदानप्रदान गर्न भदौ १५ गते शनिवार कार्यक्रम आयोजना गरिएको कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर देवकोटाले बताए । उनले भने, यो कार्यक्रमले तीजको सांस्कृतिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई जगेर्ना गर्न मद्दत गर्छ, साथै एक अर्काका चिनजान समेत हुन्छ ।’ कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ हुने छिन् । पोखरा लेक साइडस्थित टुकी रिसोर्टमा आयोजना गरिने उक्त कार्यक्रमको अध्यक्षता कास्की आदर्श समाज नेपाल च्याप्टरकी पूजा गिरीले गर्ने आयोजक संस्थाले बताएको छ । कास्की आदर्श समाज कतारका सहकोषाध्यक्ष वसन्त श्रेष्ठ र सहसचिव केदार भण्डारीले सबैलाई समेट्न समन्वय गरिरहेको कार्यक्रम आयोजक संस्थाले जनाएको छ ।