भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा

सोमबार, भदौ १०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दीका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् । उनले भनेका छन्- 'विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ।' गृहमन्त्री शाहले अगाडी भनेका छन्- 'नयाँ जिल्लाको नाम - झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ। हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्याइनेछ।' उनले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गृहमन्त्री शाहको यो घोषणा पछि  प्रधानमन्त्री मोदीले  लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताएका छन् । उनले लेखेका छन्, 'अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ। त्यहाँका जनतालाई बधाई छ ।'

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार