सुनिल मणिको ‘साईलीले लगाई सारी रातो’ म्युजिक भिडियो सार्वजनिक   

तीजमा दिए चेलीलाई म्युजिक भिडियो मार्फत कोसेली
बुधबार, भदौ १२, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर : गीतकार तथा समाजसेवी सुनिल मणि दाहालको  ‘साईलीले लगाई सारी रातो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो नेपाली गीत भण्डारले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । यो म्युजिक भिडियो हिन्दु महिलाहरुको महान चाड तीजको गीतमा केन्द्रित छ । गायिका अनु ढकालले गीतमा स्वर भरेकी छन् भने संगीतकार विराज गौतमले संगीत दिएका छन् । यस भिडियोमा तनूजा आर मगर र अनु ढकालले लोभलाग्दो ढंगबाट नृत्य प्रस्तुत गरेका छन् । 
अमेरिकास्थित भर्जिनियामा बसोबास गर्दै आएका सुनिल मणि दाहाल डब्लु डब्लु एफ ( वल्र्ड वाइल्डलाइफ फण्ड) बासिङ्टन डिसीमा वरिष्ठ कार्यक्रम व्यवस्थापकको रुपमा कार्यरत छन् । सामाजिक काम गर्न रुचाउने दाहालले पचासवटा भन्दा बढी गीत लेखिसकेका छन् । चारवटा गीत रेकर्ड भइसकेको उनले बताए । त्यसैगरी तीनवटा म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् । यो म्युजिक भिडियो सार्वजनिक भएपछि उनले भने, ‘गीतमा झुम्ने, नाच्ने र रमाउने किसिमको भाका, स्वर र संगीत छ, जुन समस्त श्रोता तथा दर्शकलाई मन पर्नेछ भन्नेमा हामी पूर्ण रूपले विश्वस्त छौँ । ’ उनले गीत सुनेर र हेरेर प्रतिक्रिया दिन समेत श्रोता र दर्शकलाई अनुरोध गरेका छन् । 
नेपाली संस्कृतिलाई प्रबद्र्धन गर्न अमेरिकामा उनले नेपाली गीत भण्डार स्थापना गरेका छन् । उनले भने, ‘ यो भण्डार स्थापना गर्नुको मुख्य उद्देश्य विदेशमा शुद्ध नेपाली भाकाका गीतहरुको प्रचार र प्रबद्र्धन गर्नु हो । ’ गीत भण्डार शुद्ध नेपाली भाकाको गीतको संग्रहका लागि अन्तिम गन्तव्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यसका साथै भण्डारले ऊर्जावान पप, रक र रोमान्टिक गीतहरू उत्पादन र संग्रहित गर्ने बताए  । 
 ‘साइली लगाई सारी रातो’ म्युजिक भिडियोको  भिडियो सुटिङ तथा सम्पदानामा आई क्याच स्टूडियो र गीत निर्माण÷वितरणमा नेपाली गीत भण्डार, अमेरिकाले काम गरेको छ । 
दाहालले रचनामा सार्वजनिक भएका अन्य गीतहरु कैले उकाली, कैले ओराली (स्वरः राम कृष्ण ढकाल),ममता लगायत छन् । 
सार्वजनिक हुने तयारीमा रहेका गीतहरु हावा सरर, मन हरर (स्वरः अस्मिता अधिकारी), हिमाल पनि झुक्छ प्रेमको सागरमा (स्वरः सज्जा चौलागाई) हुन् । त्यसैगरी रेकर्डिंङगका लागि तयार गीतहरु बुवा,म रानी प्रेम महल की (अन्जु पन्त), तिमी मेरो रानी प्रेम महल की (पुरुष), मेरो आँगनकी तुलसी (महिला – धार्मिक गीत)होली आयो, नाचौँ कम्मर मर्काएर (होलीको गीत), ओ मेरी चुलबुल, सारंगीको धुनमा नांची रहेकी छु ,नाम्चे बजारको मायालु कथा,म दुख्छु,आधा रातमा चन्द्रमा झुल्कदा, भूल भयो, माफ गरी देउ,    प्रिया, मेरो नजीक आउ,सपनाको छाया, ढली गयो नी दिन,मेरो मायां एकतर्फी,उर्लेर आयो मन छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार