सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार