भीम रावलको प्रश्न- टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् । उनले भनेका छन्- टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार