सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार