कनिष्ठलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार