मुख्य सचिव नियुक्तिमा असन्तुष्टि: ज्ञवालीपछि सचिव भट्टराईले पनि दिए राजीनामा

शनिबार, भदौ १५, २०८१

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि  राजीनामा दिएका छन् । उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् । यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार