सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि डा. दाहालले जानकारी दिए ।