ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल

आइतबार, भदौ १६, २०८१

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ४९औं मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अंक रहेको छ ।
        

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार