पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो 

आइतबार, भदौ १६, २०८१

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले आइतबार बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । त्यस्तै, एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ । अब काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार