प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’

सोमबार, भदौ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा हिजो आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो ।
‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन ।  पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैँकका रुपमा रहेको पुस्तकालय रहने उल्लेख गरे ।  पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहलको प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार