सहकारी पीडितहरू सडक आन्दोलनमा  

सोमबार, भदौ १७, २०८१

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै  सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् । आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।  उनीहरु रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खाजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो । सरकारले विगतका गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिनपरेको पीडितहरुको गुनासो  छ ।
Sahakari-1725249628.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार