सुनचाँदीको मूल्य आज पनि घट्याे

सोमबार, भदौ १७, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार