गोदावरी नगरपालिकाले ल्यायो २ अर्ब २८ करोडको बजेट 

पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारसहित रोजगार प्रवर्द्धन जस्ता क्षेत्रमा जोड 
सोमबार, भदौ १७, २०८१

बज्रबाराही (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सहरी विकास, रोजगार प्रवर्द्धनलगायतका क्षेत्रमा जोड दिँदै आर्थिक वर्ष २०८१–८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक ल्याएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीलेले हिजो आइतबार सम्पन्न १५ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुनु । नगर उपप्रमुख अधिकारीले सोही नगरसभामा आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगर सभाको नगर प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका थिए । 

Gajendra-1725261175.jpg
गत आर्थिक वर्षमा २ अर्ब ६४ करोड ६७ लाख ८५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षका लागि गत वर्षको भन्दा ३६ करोड ९ लाख १ हजार कम बजेट विनियोजन गरिएको छ ।  विनियोजित बजेटमा आन्तरिक स्रोतबाट ४५ करोड ४४ लाख, सङ्घीय सरकार समानीकरण १९ करोड ७६ लाख, सङ्घीय सरकार सशर्त चालु ३९ करोड ९८ लाख ३० हजार, सङ्घीय सरकार सशर्त पुँजीगत ५ करोड १० लाख, सङ्घीय सरकार समपूर्वक अनुदान पुँजीगत १ करोड ५० लाख, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत ३ करोड, सङ्घीय सरकार राजस्व बाँडफाँड १३ करोड ९२ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड ९७ लाख २५ हजार, प्रदेश सरकार समानीकरण अनुदान २ करोड १० लाख ५५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड सवारीकर ५ करोड ६५ लाख ७४ हजार, मालपोत रजिस्ट्रेसन ललितपुर ३७ करोड, प्रदेश सरकार समपूरक अनुदान पुँजीगत ३ करोड, प्रदेश सरकार विशेष अनुदान पुँजीगत ६५ लाख, लागत सहभागिता २ करोड ५० लाख, अ.ल्या.बाट ४६ करोड स्रोत व्यवस्था हुने उल्लेख छ । 

May be an image of 1 person, flower and text

May be an image of 4 people and text

May be an image of 2 people

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार