स्टार्टअप कर्जा प्रवाहसम्बन्धि त्रिपक्षीय सम्झौता

सोमबार, भदौ १७, २०८१

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्योग मन्त्रालयको सभाहलमा सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । स्टार्टअप कार्यक्रम सम्झौताका अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने कार्यक्रम रहेको बताए । स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको र एक अर्बको कोषलाई सूचना प्रवाह गरेर देशभरी नै आवहन गरिसकेका पनि उनले जानकारी दिए । उनले भने, ‘यतिबेला नेपाली उद्यमशिलतको विकासको लागि स्रोत र साधनमा आधारित विशेषत युवाहरु केही न केही मूलुकमा नै गरौं, देशभित्रै सम्भावनाको खोजी गरौं । चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने सरकारको संकल्प छ । यस्तो आकर्षक कार्यक्रमको रुपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ । एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरी नै आव्हान गरिसकेका छौ ।’

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार