सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौं त्यो सदस्यहरुलाई थाहा हुनुपर्यो । थाहा गराउने व्यवस्था छ की छैन ?’ साथै उनले प्रत्यायोजित विधायनमा रहेका शूल्कका कुराहरु र कार्यविधिका कुराहरु चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।