सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ  : सांसद परियार

सोमबार, भदौ १७, २०८१

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । पूर्वाधार विकास समितिको सोमबारको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् ।  उनले भने, ‘हामीले यत्रो क्रान्ति र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य  गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ , कानुन बनेका छैनन्,  निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन्, कार्यक्रमहरु ल्याइएको छैन ।’ साथै उनले संविधानले कल्पना गरेका दायित्वहरु राज्यले पूरा नगरेको भन्दै  सरकार गलत बाटोमा मात्र गैइरहेको जिकिर गरे ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार