नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार

मंगलबार, भदौ १८, २०८१

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । त्यस्तै सबैभन्दा बढी घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८. ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार २७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार