राष्ट्रिय प्रसारण लाइनमा जोडियो कालीकोट 

बुधबार, जेठ २६, २०७८
मयुर प्लाई
Global Ime Bank

मान्म । कालीकोट पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएको छ । दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालीकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय विद्युत् लाइन पुगेको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले बताए । कालीकोटमा सोमबार राति १० बजेपछि लाइन छाडिएको छ । तत्काललाई ११ केभिए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभिए प्रसारण पु¥याउने तयारीका लागि ३३ केभिए विद्युत् पु¥याउन दैलेख–दुल्लु खण्डमा काम जारी रहेको प्रमुख जोशीले बताए ।  राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेसँगै कालीकोटमा विद्युत्भार कटौती कम हुनाका साथै उपभोक्तालाई राहत मिलेको छ । यसअघि कालीकोटको मान्म बजार क्षेत्र र आसपासमा जेनेरेटरबाट विद्युत् वितरण गरिने गरिन्थ्यो । जिल्लामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन जोडिएर २४ घण्टा नियमित विद्युत् आपूर्ति हुने कार्यालय प्रमुख जोशीले जानकारी दिए ।
गत वर्षसम्म कालीकोटमा पोतमारा जलविद्युत् केन्द्रबाट विद्युत् वितरण हुँदै आएको थियो । उक्त पावरहाउस बाढीले बगाई दिएपछि मान्ममा विद्युत् समस्या देखिएको थियो । हाल कालीकोटमा तीन हजार ८०० भन्दा बढी ग्राहक छन् । कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र डोल्पामा अझै राष्ट्रिय विद्युत् लाइन पुगेको छैन । कालीकोटका अन्य ग्रामीण इलाकामा पनि विद्युत् जोड्नका लागि पोल गाड्ने र अन्य काम भइरहेको प्रमुख जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार