सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर वडा नं. १४ ले कान्तिपुर कोलोनी क्षेत्र दुनियाँ डाँडा र लोहा चोकमा रहेको झाडी फाड्ने काम गरेको छ । केही दिन अघि वडाको त्यस क्षेत्र वरपर चितुवा देखिएपछि झाडीमा चितुवा बस्न सक्ने सम्भावनालाई मध्यनजर गरी फडानी कार्य गरिएको वडा अध्यक्ष अमृत जंग महतले जानकारी दिए । झाडी फाड्ने काममा वडा अध्यक्ष अमृत जंग महत, वडा सदस्यहरु सहनशीला कार्की, कुवेर केसी, सानुकाजी तोलाङ्गे, संगीता अछामी,सरसफाई अभियन्ता, प्रहरी, स्थानीयलगायतको सहभागिता रहेको थियो । वातावरण, फोहोर मैला सरसफाई व्यवस्थापन समिति संयोजक समेत रहेका वडा सदस्य कवेर के सीले बाक्लो बस्तीमा चितुवा देखिएपछि सावधानी अपनाउँदै झाडी फड्ने काम गरेको बताए । उनले भने, ‘ झाडीमा चितुवा बस्न सक्ने सम्भावना देखेर यो काम गरेका हौ । ’ मानवीय क्षेत्र हुन नदिनु र चितुवा जोगाउनु दुई उतिकै महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै यस तर्फ वडा कार्यालय फडानी कार्यमा लागेका सबै संवेदनशील भएको वडा अध्यक्ष अमृत जंग महतले प्रष्ट पारे । नखिपोट आसपासमा चितुवा देखिएपछि वडा कार्यालयले सूचना प्रकाशित गरेर मर्निङ वाक, इभिनिङ वाक नगर्न सचेत गराएको थियो । घरपालुवा जनावरलाई आफ्नै कम्पाउण्डभित्र राख्न समेत सूचनामा भनिएको थियो ।