बालेनको चेतावनी, 'म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ'

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफू गलत भए पक्राउ गर्न चेतावनी दिँदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका हुन् । बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ । यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले भनेका छन्, 'पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।'

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार