नेपाली बजारमा आज कति छ सुनचाँदीको मुल्य ?

बुधबार, भदौ १९, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार