भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो

बुधबार, भदौ १९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र  अनुकरणीय सम्बन्ध भएको बताएका छन् । बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै  प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए । उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , खासगरी मैले उहाँको पार्टीमा लगाव, पार्टीप्रतिको विश्वास र निष्ठा मैले अन्य कमरेडहरुबाट पनि सुनेको थिएँ ।’ साथै उनले राना मगर पार्टीप्रति, आन्दोलनप्रति र देशप्रति समर्पित रहने एक योद्धा भएको बताए । उनले मित्र्यु शैय्यामा हुँदा पनि आफ्नो निष्ठा र कर्तव्य नभुलेको उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार