नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार

बुधबार, भदौ १९, २०८१

काठमाडौँ । नेप्सेमा ९०.७३ अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव  २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ । बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार