सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेकाे छ । विहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार