जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, भदौ २०, २०८१

भक्तपुर  । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका-१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार