सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् । सिहंदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘अब निजामति सेवा ऐन चाँडै आउँछ । हामी जहाँ जाँदा पनि पहिला प्रश्न यही तेर्सिन्छ । छलफलमा नै राखेर बस्ने हो भने दुईतीन वर्ष नै जान्छ । त्यसैले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छु । उहाँहरुको निर्देशन लिन्छु । र छलफल गरेर अगाडि बढ्छौं ।’ मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे । उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला ।’