लामो समयपछि अभिनयमा फर्किंदै गणेश

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । अभिनेता गणेश भट्ट लामो समयपछि म्युनजिक भिडियोमार्फत अभिनयमा फर्किएका छन् । 'तिमी शब्द' बोलको गीतबाट भट्ट अभिनयमा फर्कन लागेका हुन् । माया प्रेममा आधारित गीतमा राजेश बुढाथोकीको शब्द, कविता श्रेष्ठ र जीवन विश्वकर्माको संगीत रहेको छ । गीतको निर्देशन सन्तोष पोखरेलले गरेका हुन् भने भट्टलाई अभिनयमा संगीता शाहीले साथ दिएकी छन् । गीत यही भदौ २२ गते दिउसो ४ बजे समिश्रषण युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । यसअघि भट्ट अभिनित मैसाब, जीवन साथी, तिमी त हौं, उज्यालो भो जुनले चर्चित गीत हुन् । यसका अलावा उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसेका छन् । 'रारा म्युजिक अवार्ड’, स्टार म्युजिक अवार्डलगायत थुप्रै अवार्ड जितिसकेका भट्टले केही समय सांगीतिक क्षेत्रमा टाढा रहे पनि पुन: निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार