खोप खरिदको अनुमति स्थानीय तहलाई दिनुपर्छ : ललितपुर महानगर वडा नं २७ का वडाअध्यक्ष बाबुराज महर्जन (भिडियो)

बुधबार, जेठ २६, २०७८

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई मंगलबारबाट भेरोसिलको पहिलो मात्रा खोप लगाउन सुरु गरेको छ । जेठ २९ गतेसम्म उक्त उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउनका लागि समय तोकिएको हो । स्थानीय तहको वडा पिच्छे खोलिएका खोप केन्द्रबाट उनीहरुले खोप लिइरहेका छन् । कोभिशिल्डको पहिलो मात्रा लिएका भने दोस्रो मात्रा खोपको पखाईमा छन् । यथाशीघ्र खोप ल्याउनुपर्ने उनीहरुको माग छ । ललितपुर महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष बाबुराज महर्जन नेपाल सरकारले खोप खरिदको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताउँछन् । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी  :

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार