श्रीलंकाविरुद्ध नेपाली टोली ब्याटिङ गर्दै

सोमपाल कामीको कप्तानीमा नेपाली टोली मैदानमा
शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ । श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका छन् । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी गरेका हुन् । रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडा छन्।‌ देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउद पनि यो खेलमा खेल्ने छैनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।

नेपाली क्रिकेट टोली
आसिफ सेख, अनिल कुमार साह, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के सी, गुलशन झा, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार