टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो । उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् । उनले २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गरेकी थिइन् । २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । तत्कालिन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असार २०, २१ र २२ मा १६ उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर तीनजनाको नामसहित सर्टलिस्ट तयार गरेको थियो । जसमा पहाडीसहित जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा र  विमल आचार्यको नाम सिफारिस गरिएको थियो । तिनै तीनजनामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहाडीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार