बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री-२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यसअघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली-२ को नाममा थियो । बाहुबली-२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो । स्त्री- २ ले यसअघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो । करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार