सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ लाई जितका लागि १ सय ६० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १ सय ५९ रन बनाउँदै अल आउट भयो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ तथा कुशल मल्लले ३५ रन जोडे । आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे । श्रीलंका डेभलभमेन्ट ११ का लागि गरुका संकेथाले ४ विकेट लिए । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी गरिरहेका छन् । कप्तान रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडा छन् । देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउदले पनि यो खेलमा खेलेका छैनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।
नेपाली क्रिकेट टोली आसिफ सेख, अनिल कुमार साह, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी९कप्तान०, करण के सी, गुलशन झा, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल।