सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार (भिडियो)

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ ।  हिजो विहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सरकारले आज सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिइएको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द गुरुङलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गुरुङले जानकारी दिए । उनले भने, ‘कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई मनोनयन गर्ने निर्णय भएको छ ।’
त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने  निर्णय  भएको पनि उनले जानकारी दिए । उनले भने, ‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुो अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय भएको छ ।’ मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार