पानी उद्योगहरु घाटामा गएको उद्योगीहरुको गुनासो

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । नेपाल बोटल वाटर संघले सिल खोलेको उपभोक्ताहरुले आफैले गर्दा आएका समस्याहरुको लागि पनि पानी उद्योगी कारवाहीमा पर्नुपरेको गुनासो गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनुपर्ने भएता पनि सिल खोलिएको वोटल, जारको पनि उद्योगी जिम्मेवार हुनु परेको जानकारी दिएका छन् । उनीहरुको भनाई छ, ‘उपभोक्तावाट पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँड रक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्यले गर्दा विभिन्न समस्या आइपर्ने देखिएको छ। सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनु पर्छ तर यहाँ सिल खोलिएको वोटल, जारको उद्योगी जिम्मेवार हुनु नपर्ने भएता पनि सिल खोलेको पानीको मात्र उजुरीलाई महत्व दिई सूचना सम्प्रेशण गर्दा निर्दोसी पानी उद्योगी कारवाहीमा पर्ने अवस्था छ ।’ साथै, विचौलियाको चरम खेलबाडले गर्दा लागत मूल्य टिकाउन नसकि अत्यधिक घाटामा उद्योग सञ्चालन गर्नु परिरहेको र उद्योगीहरु उद्योग बन्द गरी पलायन हुनु पर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरुको उद्योग वचाउ अभियानमा पनि सुरु गर्न लागेको पनि जानकारी गराइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार