जनप्रतिनिधि भुईंमान्छे बन्नुपर्छ : कुवेर केसी, वडासदस्य लपुमनपा–१४ (भिडियो)

शुक्रबार, भदौ २१, २०८१

तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडाका वडासदस्य कुवेर केसीले जुनसुकै तहका जनप्रतिनिधिहरू भुईंमान्छे भएमात्रै जनताको भावनाअनुसार काम गर्न सक्ने बताएका छन् । ‘जनप्रतिनिधिसँग शब्दपाटी’को नयाँ श्रृंखलाका लागि सम्बाद गर्दै उनले जनप्रतिनिधिहरूमा छिटो निर्णय गर्न सक्ने विशेष खालको क्षमता हुनुपर्नेमा पनि जोड दिए । ‘जनभावना बुझेर छिटो निर्णय दिन सकेमात्रै जनप्रतिनिधिको दायित्व पूर्ण निर्वाह भएको मान्नुपर्छ’ उनले भने, ‘म वडाअध्यक्ष भएँ, मेयर–उपमेयर भएँ, सांसद भएँ, मन्त्री भएँ । मलाई सबैले मान्नुपर्छ भन्ने दम्भ राख्न हो भने त्यो असली जनप्रतिनिधि नै होइन ।’ ‘राजनीति नराम्रो होइन तर पछिल्लो समय आम समुदायले राजनीतिलाई राम्रो ठान्ने गरेका छैनन्’, उनले भने, यो हुनुमा पनि जनप्रतिनिधिकै हात छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार