सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ (भिडियो)

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर(क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए । उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन् । दुई चारवटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझें । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरु रोकेर राख्छ ।’ यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाँउमा बत्ति पुर्याउने काम गर्ने पनि बताएका छन् । उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाँउ एउटा, दुईवटा मात्र घर रहेको भएपनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुईवटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयोभने गरिबले पनि बत्ति बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’ उनले व्यापारीहरुले बत्तीको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भएपनि त्यो पैसा उठाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार