संस्कृति हाम्रो समाजको प्राण हो : मन्त्री पाण्डे

शनिबार, भदौ २२, २०८१

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ  मन्दिर क्षेत्रको स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँगकाे संक्षिप्त प्रतिक्रिायाका क्रममा उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, 'धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो ।' उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझेको र भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । साथै पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरी छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै प्रशंसा समेत गरे ।  उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्याउनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामना समेत दिए ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार