शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

शनिबार, भदौ २२, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार