पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुईजना पक्राउ 

शनिबार, भदौ २२, २०८१

पोखरा । पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहिबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोहि गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् ।  उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ ।  उनीहरुले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।  पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमा पांच दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार